उद्योगमन्त्री भण्डारीसंग जाम्बियाका गैर आवासीय राजदुत चन्दाको शिष्टाचार भेट

काठ्माण्डौँ ! उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसंग नेपालका लागि गणतन्त्र जाम्बियाका गैर आवासीय राजदुत पर्सि प्याट्सन चन्दाले शिष्टाचार भेट गर्नुभएको छ ।
भेटका क्रममा मन्त्री भण्डारीले जाम्बिया र नेपालको सम्बन्ध सेप्टेम्बर १०, १९८६मा स्थापित भए देखिनै दुई देशबीच शान्तीपूर्ण रहदैँ आएको बताउनुभयो । दुवै देशहरु अतिकम विकसित र भूपरिवेष्ठित् भएको कारणले दुवै देशका चुनौति र विकासका लक्ष्यहरु समान रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेषगरि व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदारप्रदान गर्ने प्रशस्त सम्भावनाहरु छन् । नेपालले खानी अन्वेशणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रको थप विकास भएकोले नेपालले खानी उद्योगमा जाम्बियासित सहयोग आदारप्रदान गर्ने सम्भावना रहेको छ ।”
मन्त्री भण्डारीले भन्नुभयो, “जाम्बियाको अवस्थितिको कारणले अफ्रिकी महादेशमा सम्बन्ध बिस्तारका लागि महत्वपुर्ण विन्दु हुनसक्ने हामीले पाएका छौँ । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाहरुबाट जाम्बियाले समेत सामाजिक, सांस्कृतिक एंव भौगोलिक लाभ प्राप्त गर्न सक्ने देखिन्छ । त्यसैले यसमा मिलेर कामगर्न हामी उत्सुक छौँ । यहाँको नेपाल बसाई सम्झनायोग्य रहोस् ।”

भेटका क्रममा जम्बियाका गैर आवासीय राजदुत चन्दाले खानी तथा खनिज पदार्थमा २ देश बिचको प्रविधि आदानप्रदान गर्ने बताउनुभयो । उहाँले खानी सम्बन्धी नेपालको प्राविधिक टोलि जाम्बिया पठाइदिन मन्त्री भण्डारीसंग आग्रह गर्नुभयो । यसका साथै जाम्बियाको खानी प्राविधिक टोली नेपाल आउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।