व्यापारिक क्षेत्रका विकृतिहरु अन्त्य गरिने उद्योग मन्त्री भण्डारीको दावी

काठ्माण्डौँ ! संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यापारिक क्षेत्रमा देखिएका विकृतिहरु अन्त्य गरिने बताएकाछन् ।
उनले अखाद्य बस्तुको विक्रिवितरण, उपभोग्य सामग्रीहरुमा हुने मिसावट, बजारमा देखिने गरेको कृतिम अभाव, गुणस्तरहिन सामग्रीको विक्रि वितरण, महंगी र कालोबजारी रोक्ने बताएका हुन् ।
उपभोक्ता हित संरक्षण मञ्च द्धारा काठ्माण्डौँमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले उपभोक्ता ठगि हुने अवस्थाको अन्त्य गर्नका लागि सरोकारवालाहरु संग गहन छलफल गरि समस्या समाधान गर्ने बताए ।
उनले भने, ‘सबैभन्दा पहिला हामि व्यवसायीहरु संगै छलफल र समन्वय गर्छौ, उनिहरुका धारणा बुझ्छौँ, त्यसपछि अरु सरोकारवालाहरु संग बसेर समस्या समाधानको रणनिति तय गरि कार्यान्वयन गछौँ, त्यसपछि समेत समस्या समाधान नभएको अवस्थामा अनुगमन गरि कारवाहीका लागि अघि बढ्छौँ ।’
मन्त्री भण्डारीले राजमार्ग क्षेत्रका होटेल तथा पसलहरुमा उपभोक्ताहरु ठगिने गरेको बताएकाछन् । उनले यात्रुहरुलाई गुणस्तरहिन खाना खुवाउने, उपभोग्य सामग्रीहरु अत्याधिक महंगो मुल्यमा विक्रि वितरण गर्ने अवस्था हटाउनका लागि योजना तय गरेको बताए ।
यसका साथै मन्त्री भण्डारीले उपभोग्य सामग्रीहरुको सहज आपूर्ति र मुल्य समायोजनाका बिषयमा सरकार प्रतिवद्ध रहेको बताए । उनले दशैँ तिहार जस्ता राष्ट्रिय चाडपर्वको समयमा कुनैपनि उपभोग्य बस्तुको अभाव नहुने दावी गरे ।
अहिलेको अवस्थामा आयातीत बस्तुहरु र तरकारी समेत गुणस्तर मापन गर्ने प्रयोगसालाको अभाव रहेकोले यसको व्यवस्थापन गरिने बताए । हाल तरकारी र अन्य खाद्य बस्तुहरुको गुणस्तर जाँच गर्दा ल्याव विग्रेको सुन्नमा आएकाले यसको व्यवस्थापन गरिने बताए । मन्त्री भण्डारीले बजार अनुगमनमा जादाँ व्यवसायीले पहिल्यै जानकारी पाउने प्रवृत्तिले गर्दा अनुगमन सार्थक हुन नसकेको बताए । बजार अनुगमनलाई व्यवस्थीत बनाउने उहाँको भनाई छ ।