खाद्य तथा व्यापार कम्पनी लिमिटेड र पारवहनका महाप्रवन्धकलाई नियुक्ती प्रदान

काठ्माण्डौँ ! खाद्य तथा व्यापार कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका नियुक्त हुनुभएका रमेश आचार्य र नेपाल पारवहन तथा गोदाम व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा नियुक्त हुनुभएका प्रकाश प्रसाद पोखरेललाई आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नियुक्तपत्र प्रदान गरिएको छ ।
दुवैजनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउदैँ मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव मधु सुदन बुर्लाकोटीले नियुक्तीपत्र प्रदान गर्नुभएको हो । नवनियुक्त दुवैजनालाई हिजोको मन्त्रीपरिषद बैठकले गरेको निर्णयका आधारमा नियुक्तीपत्र प्रदान गरिएको हो ।
यस अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले दुवैजनालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ । उहाँले यसअघि निमित्तको भुमिकामा रहेका अनुभवी व्याक्तिहरुबाट समेत सुझाव लिएर काम गर्न निर्देशन दिनुभयो ।
यतिबेला यी दुवै संस्थानहरुले सन्तोशजनक परिणाम दिन नसकिरहेकाले वर्तमान चुनौतिहरुलाई अवसरमा बदलेर परिणाममुखी काम गरेर देखाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘अनुकुलतामा जोकोहीले काम गरेपनि प्रतिकुलतामा काम गरेर उत्कृष्ट परिणाम दिनसक्नु पर्छ, त्यसैले तपाईहरु दुवैजनाले यी संस्थाहरुलाई उकास्न, संस्थाहरुको गरिमा जोगाउन मजवुत तवरको भुमिका निर्वाह गर्नुपर्छ ।’
अहिले कामगर्न नसक्ने छुट कसैलाई नभएको मन्त्री भण्डारीको भनाई छ । उहाँले दुवैजनाको परिक्षणकाल आजदेखी सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब तपाईहरुको पहिलो ३ महिना हेरिन्छ, त्यो अवधीमा सक्नुभएन भने तपाई आफैले पुर्नविचार गर्नुपर्ने हुन्छ । क्रमसः ६ महिना गर्दै थप समय परिक्षण गरिनेछ । सरकारले तपाईहरुलाई जसरी विश्वास गरेको छ । त्यस अनुरुप कामगर्न सक्नुपर्छ अहिले तपाई हामी सबै परिक्षणमा छौँ ।’ मन्त्री भण्डारीले आफु मातहतका संरचनामाथी प्रश्न उठ्ने काम नगर्न निर्देशन दिनुभयो ।