छिमेकी मुलुकको पूँजि र प्रविधि आवश्यक छ : मन्त्री भण्डारी

काठ्माण्डौँ ! नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा छिमेकी मुलुकहरुको पूँजि र प्रविधि आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल–चीन कुटनितिक सम्वन्ध स्थापनाको ७०औँ बर्षगाठको अवसरमा काठ्माण्डौँमा आयोजीत कार्यक्रममा बोल्दै मन्त्री उहाँले नेपालको विकासमा छिमेकी मुलुकहरुको लगानी आवश्यक रहेको बताउनुभयो । लगानीमैत्रि वातावरण बनाउन सरकार लागिपरेको उहाँको भनाई ।
मन्त्री भण्डारीले भन्नुभयो, ‘चिन र भारतको प्रविधि र पूँजि हामीलाई आवश्यक छ । चीनको विकासको मोडेल संगै सरकारी तथा निजि स्तरबाट लगानीको पनि आवश्यकता छ । त्यसका लागि हामी हाम्रो नितिगत सुधार, ऐन कानुन निर्माण तथा संसोधन गरेर छिमेकी मुलुकको लगानी भित्र्याउने वातावरण हामी बनाइरहेका छौँ ।’
उहाँले भन्नुभयो, ‘सरकार मुलुकको निराशाको अन्त्य गरेर आशा र भरोसा जगाउने ठोस कार्यक्रम ल्याउदैँछ । हामी हाम्रो देशका दक्ष जनसक्तिहरु विदेसिने अवस्थाको अन्त्य गर्न लागि परेका छौँ ।’
उहाँले वर्तमान सत्ता साझेदार प्रमुख दलहरुबीच मुलुकको सम्वृद्धिका लागि ७ बुँदे सहमती भएकाले उक्त सहमती कार्यान्वयनमा ल्याउन लागिपरेको बताउनुभयो । सम्वृद्धिका लागि छिमेकी मुलुक संगको पारस्परिक सम्वन्ध मजवुत हुनुपर्नेमा उहाँको जोड रहेको छ ।