काठ्माण्डौँ ! गत मंगलबारदेखि भारत भ्रमणमा रहनुभएका नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपर्ति मन्त्री दामोदर भण्डारीले आज भारतको हल्दिया स्थीत श्याम प्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा उहाँले पोर्टका पदाधिकारीहरुसंग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कमगर्ने विषयमा छलफल गर्नुभएको छ ।
अवलोकन भ्रमणमा वाणिज्य मन्त्रालयका द्विपक्षिय महासाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्ता स्थीत महावाणिज्य दुतावासका पदाधीकारीहरु लगायतको उपस्थीति थियो ।
तेस्रोमुलुक संगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरु, आयातकर्ता र निर्यातकर्ताका समस्याहरुका बिषयमा जानकारी लिई कोलकत्ता स्थीत महावाणिज्य दुतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखि भएर कामगर्न मन्त्री भण्डारीले निर्देशन दिनुभयो ।
उहाँलेले नेपाल पारवहन तथा गोदाम कम्पनी लिमिटेडले हल्दिया पोर्ट इन्टेरियर जोन भित्र दिर्घकालिन रुपले लिजमा लिएको जमिनको उपयोग, थप सम्भावनहरु एंव औचित्यको बारेमा समेत गहन छलफल गरि कम्पनीको कार्यालय अनुगमन गर्दै आवश्यक निर्देशन दिनुभयो ।रासस