पत्रकार विश्वकर्माको परिवारलाई मन्त्री झाँक्रीले दिनुभयो आधा महिनाको तलब

काठमाडौं ! शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई दिनुभएको छ । गत बिहीवार पैसाको अभावमै ज्यान गुमाएका विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा ट्रान्सफर गरिदिनु भएको हो ।

विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *