रास्वपाका मन्त्रीहरुले राजिनामा बुझाउँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का मन्त्रीहरूले बिहीवार(आज) राजीनामा दिँदै छन् । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने तयारी रहेको एक नेताले जानकारी दिएका छन् ।

रास्वपाका तर्फबाट सरकारमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राजीनामा दिन लागेका हुन् । मङ्गलवार(हिजो) बसेको रास्वपाको पदाधिकारी बैठकले काँग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।

प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले बुधवार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली काँग्रेससँग गठबन्धन गरेसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सरकार ढल्ने निश्चित भएपछि रास्वपाका मन्त्रीहरूले सरकारबाट बाहिरिन लागेका हुन् ।