काठमाडौं ! उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नका लागि श्रमाधान मेलाको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको आयोजनामा आइतबार धनगढीमा आयोजित श्रमाधान रोजगारी मेलाको उद्घाटन सत्रमा उनले रोजगारी सिर्जनाका आन्तरिक र बाह्य दुई आयाममा देशभित्र रोजगारी तथा स्वरोजगारी सृजना गर्ने कार्यसँग उद्योग मन्त्रालयले बढी सरोकार राख्ने बताए ।
रोजगारी प्रवर्द्धनका रूपमा रहेको औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न लगानीसँग सम्बन्धित कानूनमा आवश्यक परिमार्जन गर्नसमेत आवश्यक रहेको मन्त्री भण्डारीले बताए ।
मुलुकमा सबै सरकारी, सहकारी र राज्यबीच मात्र नभई शासकीय साझेदारीका रूपमा रहेको निजी क्षेत्र तथा गैरसरकारी क्षेत्रमासमेत सहकार्य र साझेदारी गर्नुपर्ने अभियानमा श्रम मन्त्रालयको महत्त्वपूर्ण शुरुआत रहेको उनले उल्लेख गरे ।