काठमाडौं । उपप्रधान एंव भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिल्ली जाने भएपछि उनको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य गर्न उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा महासेठलाई सो जिम्मेवारी दिइएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।