उद्योगमन्त्री भण्डारीद्वारा बैतडीमा कफि खेतीकाे शुभारम्भ

धनगढी ! उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले बैतडीकाे पाटन नगरपालिकामा कफि खेतीको शुभारम्भ गरेका छन् । बृहत जलाधार व्यवस्था केन्द्रले निमार्ण गरेको नर्सरीमा कफिको बिउ र विरुवा रोपण गरेर बैतडीमा कफि खेतीको सुरुवात गरिएको हो । अहिले बैतडीको पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकामा खेती सुरुवात गरिने मन्त्रालयले जनाएको छ ।

नगर प्रमुख गौरी सिह रावलको अध्यक्षतामा भएको कफि खेतीको रोपण कार्यक्रमका प्रमुख अतिथी मन्त्री भण्डारी रहेका थिए । मन्त्री भण्डारीले कफि खेती जिल्ला हुदै देशभर विस्तार गर्ने बताएका छन् । उनले बैतडीमा जडीबुटी क्षेत्रको थप संम्भाव्यता अध्ययनको काम थालिएको बताए ।

कृषी क्षेत्रलाई प्रमुख प्राथमीकताका साथ अहिलेको निती तथा कार्यक्रममा समेत ल्याइएको उनको दाबी छ ।

अहिले यहाँका दुई स्थानीय तहका कृषकलाई आधारभुत तालिम दिएर बिउ र विरुवा दिने उद्योग मन्त्रालयका सह सचिव बाबुराम अधिकारीले बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेशका समुद्रीक सतहबाट ८ सय देखी १६ सय मिटर उचाई भएका स्थानीष् तहमा विस्तार गर्ने मन्त्रालय लक्ष्य छ ।