आपत्तिजनक अभिव्यक्ति दिने मन्त्री यादवलाई बर्खास्त गर्न एमाले सचिव भट्टराईको माग

काठमाडौं ! नेकपा एमालेका सचिव योगेश भट्टराईले हिंसा भड्काउने भाषण दिएकी मन्त्री रेणु यादवलाई हटाउन माग गर्नुभएको छ।

बिहीवार राति अबेर सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै सचिव भट्टरार्ईले यादवलाई मन्त्री पदबाट नहटाउने हो भने कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नुपर्ने समेत बताउनु भएको छ।

उहाँले सामाजिक संजालमा लेख्नुभएको छ, ‘प्रम शेरबहादुर देउवाले हिंसा भड्काउने र संविधानको बर्खिलाप  भाषण दिने मन्त्री रेणु यादवलाई हटाउनु पर्‍यो या नेपाली कांग्रेसले राजनीतिमा हिंसालाई जायज ठान्छ भन्नु पर्‍यो । अर्को बाटो छैन ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित उनका कार्यकर्तालाई लक्षित गर्दै हिंसात्मक चेतावनी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *