मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको निर्णय

काठमाडौँ- नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएको केही बेरमै एमालेले पनि सरकारबाट समर्थन फिर्ता लिएको हो ।

यसअघि, आजै नेकपा एमालेबाट मधेश सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएका हुन ।

एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन।।