मन्त्री झाँक्रीद्रारा धोबिखोला करिडोरको अनुगमन

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गर्नुभएको छ ।
मन्त्री झाँक्रीसहित मन्त्रालयका सचिव, काठमाडौं उपत्यका प्राधिकरण र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत समितिको टोलीले निरीक्षण गरेको हो ।

अवलोकनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु,’ उहाँले भन्नुभयो ।

मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायका प्रतिनिधिले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान गर्ने बताउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *