मन्त्री महासेठद्वारा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको निरीक्षण

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले शुक्रबार सिद्धबाबा सुरुङमार्गको निरीक्षण गरेका छन् ।

निरीक्षणका क्रममा उनले हालसम्म भएको काम बारेमा जानकारी लिंदै २०८३ सालभित्रै निर्माण गरिसक्न निर्देशन दिएका हुन् ।

७ अर्ब ३४ करोड २१ लाख रुपैयाँको लागतमा बन्ने सुरुङमार्ग निर्माणले पछिल्लो समय गति लिएको भन्दै यसलाई निरन्तरता दिन मन्त्री महासेठले आग्रह गरे ।

मन्त्री महासेठले गुणस्तरमा सम्झौता नगर्न र तोकिएको मितिमा निर्माण पूरा गर्न निर्देशन दिंदै यसका लागि बजेटको अभाव हुन नदिने बताए ।