नववस्ता औद्योगिक क्षेत्रको अवलोकनमा मन्त्री भण्डारी : निर्माणलाई तीव्रता दिने प्रतिबद्धता

काठमाडौं ! उद्योग,बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बाँके जिल्लामा रहेको नववस्ता औद्योगिक क्षेत्रको निरीक्षण गर्नु भएको छ। मन्त्री भण्डारीले शुक्रबार उक्त औधोगिक क्षेत्रको निरीक्षण गर्नु भएको हो।

उद्योगमन्त्री भण्डारीले सरकारले सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र विकासको कामलाई तीव्रता दिने बताउनु भयो। उहाँले अन्य प्रदेशका औधोगिक क्षेत्र भन्दा नववस्था औधोगिक क्षेत्रलाई अलि अगाडीनै ठेक्का प्रक्रियामा लगेर निर्माणको कामलाई अगाडि बढाइने बताउनु भयो।

उहाँले त्यहाँ आसपासमा रहेका सुकुम्बासी बस्तिहरुलाई पनि सुकुम्बासी आयोगमार्फत जग्गा सम्बन्धि समस्याको समाधान गरि औद्योगिक क्षेत्रको निर्माणमा कुनै अवरोध नहुनेगरि सरकारले योजना बनाएको उल्लेख गर्नुभयो।

“औद्योगिक क्षेत्रको विकासबिना मुलुकले समृद्धि हासिल गर्न सक्दैन,त्यसकालागि स्थानीय सरकार,प्रदेश सरकार,प्रशासन र सबै जनसमुदायको सहयोगको अपेक्षा राखेको छु।”-मन्त्री भण्डारीले भन्नुभयो।

उहाँले लुम्बिनी प्रदेशमा अवस्थित नेपालगन्ज शहर औधोगिक हबको रुपमा चिनिँदै आएको र अझ यो औद्योगिक क्षेत्रको निर्माण गर्न सके नेपालको औद्योगिक क्षेत्रको केन्द्रविन्दुको रुपमा रहन सक्ने जिकिर गर्नुभयो।

उक्त अवसरमा लुम्बिनी प्रदेशका सांसद,स्थानीय जनप्रतिनिधिहरु,प्रसारक लगायत राजनैतिक दलका नेता र त्यस क्षेत्रका अगुवा बुद्धिजीवीहरुको पनि उपस्थिति थियो।