उद्योगमन्त्री भण्डारी आज गृहजिल्ला बैतडी जानू हुँदै

काठमाडौं ! नेपाल सरकारका उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आइतबार गृह जिल्ला बैतडी पुग्नु हुँदैछ। हिजो(शनिबार) साँझ धनगढी प्रस्थान गर्नु भएको उहाँ आज त्यहाँबाट बैतडी प्रस्थान गर्नु भएको हो।

२८ गते उद्घटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनमा मन्त्री भण्डारी बिशिस्ट अतिथिका रुपमा उपस्थित हुनुहुनेछ। मन्त्री भण्डारीले मन्त्रालय सम्बद्ध निकाय,उद्योगहरुको निरीक्षण एवं अन्वेषण पनि गर्ने कार्यक्रम रहेको छ।

मन्त्री भण्डारी विभिन्न कार्यक्रममा सरिक भै २९ गते साँझ काठमाडौ फर्किने कार्यतालिका रहेको छ।