सरकार लगानीमैत्री बाताबरण बनाउन प्रतिबद्ध : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार लगानीमैत्री बाताबरण बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ।

शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले अहिले लगानी सम्मेलनका लागि कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र उत्साहीत नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले नेपाली बजार र नेपालको उद्योग क्षेत्रमा आज पनि धेरै अभावहरु कायम रहेको जिकिर गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा विगतजस्तो गल्ती कमजोरी नगरी उद्योगी व्यवसायीहरुको हितमा काम गर्ने बताउनु भयो।