नवनियुक्त मन्त्री भण्डारी आज गृहप्रदेश जानू हुँदै

काठमाडौं ! नवनियुक्त उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी आज गृहप्रदेश जाँदै हुनुहुन्छ। उहाँ आज साँझ काठमाडौंबाट धनगढी प्रस्थान गर्दै हुनुहुन्छ।

मन्त्री भण्डारी मन्त्री भैसकेपछि पहिलो पटक गृहप्रदेश जान लाग्नु भएको हो। उहाँले गृहप्रदेशमा रहँदा त्यहाँका जिल्लाहरुमा रहेका औद्योगिक ग्राम लगायत पुर्वाधार निरीक्षण र अनुगमन गर्नु हुनेछ। मन्त्री भण्डारीले मन्त्रालय सम्बद्ध निकायहरुको निरीक्षण अनुगमन गर्नुका साथै एमालेका नेता कार्यकर्तासँग भेटघाट पनि गर्नुहुनेछ। मन्त्री भण्डारी गृहजिल्ला बैतडीपनि जानुहुनेछ। उहाँले जिल्लाका विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनु हुनेछ।