पशुपतिमा धर्मशालालाई होटल बनाउने बतास समूहको कर्तुतबारे छानविन गर्न मन्त्री आलेको निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुबेदीको संयोजकत्वमा एक छानबिन समिति गठन गरिएको छ ।

नेपाल भारत पशुपति मैत्री धर्मशाला सम्बन्धमा छानबिनका लागि उक्त समिति गठन गरिएको हो ।

समितिमा पाँच जना सदस्य रहेका छन् । उक्त समितिका सदस्यमा परिषद् सदस्य आशा पाण्डे, बिश्वकरण जयन तथा देवीप्रसाद बराल रहनु भएको छ भने मन्त्रालयका लेखाका उप सचिव सदस्य रहनु भएको छ ।

उक्त समितिलाई सात दिन भित्रमा छानबिनको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।

पशुपति मैत्री धर्मशालालाई होटेलका रूपमा सञ्चालन गरिएको भन्ने आरोप लागे पछि त्यसको सत्य सत्य छानबिनका लागि उक्त समिति गठन गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाले जानकारी दिनुभयो ।

उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले होटेले आनन्द प्रालि ९बतास समूह०लाई भाडामा दिएको थियो । उक्त समूहले पशुपति मैत्री धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको तथा तीर्थालु एवं धार्मिक पर्यटकहरूसँग मनपरी भाडा लिने गरेको आरोप लागेको छ ।

यो खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *