दौरासुरुवाललाई रास्ट्रीय पोशाक बनाउने मन्त्री आलेको उद्घोष

काठमाडौं ! संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अव बस्ने क्याबिनेटबाट राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ

। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोसाक दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोसाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने क्याबिनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीले अहिलेसम्म राष्ट्रिय पोसाक मात्रै मनाइराख्ने हो कि ? त्यसलाई कार्यान्वयनमा ल्याउने हो ? यो विषयमा मैले अध्यक्षज्यूलाई भने तपाईंहरू पूरा तयारीको साथ आउनुहोस् । मलाई लाग्छ, आज पौष १७ गते । यो कार्यक्रम मनाइरहँदा माफ गर्नु होला, तपाईंहरूले अलि अगाडि एक, डेढ महिना अगाडि नै आएर यो विषयमा वृहत् छलफल गरेर सम्माननीय प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरूसँग समन्वय गरेर हामीले यही १७ गते आज क्याबिनेटबाट पास गराएर मनाउन पाएको भए अझै भव्य र सभ्य हुन्थ्यो भन्ने मलाई लाग्दछ । यसमा हामी चुकेका छौँ । तर छिट्टै म यही मञ्चबाट तपाईंहरूलाई आग्रह गर्न चाहन्छु । छिटोभन्दा छिटो कृपया, तपाईंहरूले तयारीका साथ आउनु होला । आज भएको कार्यक्रमको सन्देश पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनाउनेछु । र तपाईंहरू पूरा तयारीका साथ आउनुहोस् । म मेरो मन्त्रालयको तर्फबाट, मेरो तर्फबाट यसलाई आधिकारिकता दिनका लागि क्याबिनेटमा यो फाइल लग्नेछु भन्ने कुरा म तपाईंहरूलाई विश्वस्त बनाउन चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *