तारागाउँ विकास समितिको नाममा रहेको १४८ रोपनी जग्गा फिर्ता ल्याउने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेमबहादुर आलेले तारागाउँ विकास समितिले आफ्नो नाममा पारेको  सरकारी स्वामित्वमा रहेको १४८ रोपनी जग्गा फिर्ता ल्याउने प्रतिवद्धता जनाउनु भएको छ ।

मंगलबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले नेपाल सरकारको अधिनमा रहेको जग्गा कुनै व्यक्ति, कुनै प्राइभेट कम्पनीमा राख्न नमिल्ने बताउनु भयो ।
“तपाईंहरूको निर्देशन पालना गर्नेछु भन्ने म प्रतिवद्धता जायर गर्न चाहान्छु । तारागाउँ विकास समितिको कुरा एकदमै गम्भीर छ । १४८ रोपनी जग्गा आफ्नो नाममा राखिएको छ । जबकि त्यो राख्नै पाइदैनँ । यहाँहरूले पठाउनुभएको निर्देशन समेत हेर्दाखेरी त्यो नेपाल सरकारको अधिनमा रहेको जग्गा कुनै व्यक्ति, कुनै प्राइभेट कम्पनी अथवा तारागाउँ रेजेन्सीमा त्यो राख्न मिल्दैन । नेपाल सरकारको जग्गा फिर्ता ल्याउने कुरामा तपाईंहरूको पनि सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु,” उहाँले संसदीय समितिमा भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *