पर्यटनमन्त्री आले दिल्लीमा, भारतीय समकक्षीसँग भेटवार्ता सम्पन्न

काठमाडौं । पठन संस्कृति प्रबद्र्धनको नेपाली अभियान ‘किताब जात्रा’ ले भारतको राजधानी नयाँ दिल्लीबाट विश्व यात्रा सुरू गरेको छ । नयाँ दिल्लीको इन्डिया ह्याबिटेट सेन्टर, लोधीरोडमा बिहीबार किताब जात्राको अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतका संस्कृति तथा पर्यटनमन्त्री जी. किशन रेड्डीले संयुक्त रूपमा किताब जात्राको पहिलो अन्तर्राष्ट्रिय संस्करण उद्घाटन गर्नुभएको छ ।
उद्‌घाटन कार्यक्रममा बोल्दै मन्त्री आलेले किताब जात्राले आफ्नो अन्तर्राष्ट्रिय संस्करण भारतबाटै सुरु हुनु संयोगमात्रै नभएर नेपाल(भारत सम्बन्धको ऐतिहासिक निरन्तरताको कडीसमेत भएको बताउनु भयो ।

‘नेपाल(भारत सम्बन्ध राजनीतिक(कुटनीतिकमात्रै नभएर जन–जनको सम्बन्ध हो। त्यसैले हाम्रो संस्कृति, कला र साहित्यबीच गहिरो सम्बन्ध छ,’ उहाँले भन्नुभयो, ‘नेपालको आर्थिक विकासमा प्रभाव पार्ने पर्यटनका साथै धार्मिक सम्बन्ध पनि उतिकै बलियो छ। यस्ता अनेकन आयामका सम्बन्धलाई किताब जात्राले अझै विस्तार गरेको छु ।’
उद्घाटन कार्यक्रममा बोल्दै भारतीय मन्त्री रेड्डीले नेपाल–भारत सम्बन्ध सभ्यताको आदिकालदेखि भएकोमा जोड दिनुभयो ।
‘हाम्रो सम्बन्ध सृष्टि र सभ्यता सुरुदेखिकै भएकाले यसलाई तोड्ने र दूरी पैदा गर्ने जति प्रयास भए पनि असफल हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘आज पनि सबैलाई भन्छु- हाम्रो सम्बन्ध कसैले तोड्न सक्दैन। हाम्रो सभ्यता, संस्कृति, भावना, सन्त-ऋषि, खानपान, आस्थाका केन्द्रलगायत अनेकन आयाम एउटै छ । त्यसैले हामीबीच निरन्तर एकता कायम थियो, छ र हुनेछ ।’
दृष्टि न्युजबाट लिइएको समाचार।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *