पर्यटनमन्त्री आलेको जनप्रीय निर्णय : खाडी जाने श्रमिकलाई सस्तोमा टिकट दिन निगमलाई निर्देशन

काठमाडौँ — नेपाल वायुसेवा निगमले काठमाडौंबाट कतार, दुबई र मलेसिया श्रम भिसामा जाने नेपालीलाई प्रत्येक उडानमा ४० वटा सस्तोदरको टिकट दिने भएको छ ।

पर्यटन मन्त्रालय सम्हालेको २ महिनापछि मंगलबार पहिलोपटक नेपाल वायुसेवा निगम पुग्नु भएका पर्यटनमन्त्री प्रेमबहादुर आलेले श्रम गन्तव्यमा जाने श्रमिकलाई प्रत्येक उडानमा ४० वटा सस्तो टिकट दिन निर्देशन दिनु भएको थियो।

‘४०–५० डिग्रीमा श्रम रगत, पसिना बगाउन जाने नेपाली कामदारलाई भिसा र पासपोर्ट ल्याई निगममा आएमा सस्तो टिकट दिनु,’ मन्त्री आलेले निगम मुख्यालयमा आयोजित कार्यक्रममा भन्नुभयो, ‘सस्तो दरको टिकट २० हजारमा निगमबाट दुई हप्ताअघि किनेर ४० हजारमा बिक्री गर्ने ट्राभल एजेन्सीलाई चाहिँ नदिनु ।’

निगमको टिकट बिक्री गर्ने वाणिज्य विभागका निर्देशक जनक कालाखेतीका अनुसार, सस्तोमा श्रमिकलाई टिकट दिने कार्य थालनी भइसकेको छ । उहाँले मन्त्री आलेलाई बताएअनुसार, सबैभन्दा सस्तो टिकट श्रमिकले ३२ हजार रुपैयाँमा पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *