नापी तथा मालपोतमा अनलाइन प्रणाली विकास गरिएको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले, नापी तथा मालपोत कार्यालयका काम सरल र सहज बनाउन अनलाइन प्रणालीबाटै काम हुने व्यवस्था गरिएको दाबी गरेकी छिन् ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले नापी र मालपोतलाई एकीकृत सेवा प्रणालीका आधारमा सञ्चालन गर्ने गरी कार्य अघि बढाइने बताइन् । ‘नापी र मालपोत एकीकरण गरी चालु खर्चमा कटौती समेत हुने र जग्गा प्रशासन सेवामा प्रणालीको विकास गरी स्थानीय तह मार्फत सेवाहरू प्रदान गर्ने गरी कार्यक्रम अगाडी बढाइनेछ । ’

नापी कार्यालय र मालपोत कार्यलयहरुमा सेवा प्रवाहको लागि अनलाइन प्रणालीको विकास भएको भन्दै उनले त्यसको कार्यान्वयनका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने बताइन् ।

सहकारी ऐन अनुसार सहकारीको निरन्तर अनुगमन र निरीक्षणको काम भइरहेको उनको दाबी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *