१ सय ५ परिवारलाई लालपूर्जा दिँदै भूमि मन्त्रीले भनिन्, ‘कोही भूमिहीन हुने छैन’

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भूमिहीन १ सय ५ घर परिवारलाई जग्गाधनी पूर्जा प्रदान गरेकी छन् ।
शनिबार एक कार्यक्रमका बीच उनले नवलपुर हुप्सेकोट गाउँपालिकामा रहेका ४९ भूमिहीन सुकुम्बासी परिवार र ६६ भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण गरेकी हुन् ।
पूर्जा वितरण गर्दै उनले जनताको नैसर्गिक अधिकार अन्र्तगतको बसोबासको व्यवस्था सरकारले गर्नै पर्ने भएकाले आफू जनताको बसोबासको हकका लागि पूर्जा वितरणमा सक्रिय रहेको बताइन् ।
भूमिहीनलाई भूमिको व्यवस्था गर्नु आफ्नो र आफ्नो पार्टी नागरिक उन्मुक्तिको प्रमुख प्राथमिकता मध्येको एक भएको उनको भनाई छ ।
उनले आफ्नो कार्यकालमा सकेसम्म कोही नेपाली नागरिक भूमिहीन नहोस भन्ने गरि काम गर्ने उनको प्रतिबद्धता छ ।
मन्त्री चौधरीले जनताको समग्र उत्थानकालागि बसोबासको ग्यारेण्टी र जनताका अन्य नैसर्गिक अधिकार प्रदानकालागि आफुले सम्बन्धित निकायसँग समन्वयकारी भुमिका खेल्ने समेत प्रतिबद्धता जनाइन् ।
भूमिहीनलाई भूमिको व्यवस्था गर्न आफुले देशव्यापी अभियान चालेकाले सबै क्षेत्रमा क्रमबद्धरुपमा पूर्जा वितरण गरिने भन्दै उनले सबै भूमिहीनले धैय भएर आफ्नो अभियानमा साथ दिन आग्रह समेत गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *