अर्थमन्त्री महतले आज आर्थिक सर्वेक्षण पेस गर्दै

काठमाडौं ! संघीय संसदको बैठक आज दिउँसो १ बजे  बस्दै छ । संसद सचिबालयले  निकालेको सम्भाबित आजको कार्यसुचिमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेस गर्ने रहेको छ  ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबारको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री दाहालले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *