रक्षामन्त्री रिजालले राजिनामा दिने

काठमाडौं : रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन्। महामन्त्री पदको प्रारम्भिक परिणामले आफूलाई पदमा बसिरहनु पर्ने  सन्देश नदिएकाले राजीनामा दिएको स्पष्ट पारेका छन्।

पछिल्लो मतपरिणामअनुसार उनी अन्य उम्मेदवारभन्दा पछि छन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले प्रतिष्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरुपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।’
रक्षामन्त्री रिजालले महामन्त्री पदको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *