थिचोमिचोमा परेका नागरिक सम्मानित भएर बाँच्न पाउनुपर्छ : रामकुमारी झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले थिचोमिचोमा परेका नागरिकहरु पनि सम्मानित हिसाबले बाँच्न पाउनुपर्ने बताउनुभएको छ । १३ औँ राष्ट्रिय मानव अधिकार महाभेलाले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले सबै नागरिक मान्छे भएर बाँच्न पाउनुपर्ने विषयमा जोड दिनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, “मान्छे मान्छे भएर बाँच्न पाउनुपर्छ कोही पनि दास छैनन् ।” उहाँले थिचोमिचोमा परेका र हकहितबाट वञ्चित भएका नागरिकको अधिकार सुनश्चित गराउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनुभएको छ । साथै कार्यक्रममा मानवअधिकार राष्ट्रिय भेलाको घोषणा पत्र २०२१ पनि जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *