भूमीमन्त्रीमा जनताको काम गर्ने हुट्हुटी : संसदमा सुनाइन् आफ्ना आगामी योजनाहरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जीता श्रेष्ठ चौधरीले आफूमा जनताको लागि निष्पक्ष काम गर्ने हुट्हुटी रहेको बताएकी छिन् । आफ्नो मन्त्रालयमा चुनौतीहरुको चाङ रहेपनि त्यसलाई चिरेर जनतालाई न्याय दिने उद्घोष गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयअन्तर्गत उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् ।

“मन्त्री त भइयो, चुनौतीको चाङ छ । लाखौँ जनता भूमिहीन छन् । गरिबको डंगुर छ । कतै मेरो मन्त्रालय बिचौलियाको चाङमा टुसुक्क टुसाएको बिरुवाजस्तो त छैन ?,” उनले भनिन्, “खोतलिन्छु । मन्त्रालयको फाइल अध्ययन गर्छु ।”

उनले स्मार्ट सहर नभई स्मार्ट गाउँ हुनुपर्ने बताइन् । भूमिहीनलाई लालपुर्जा दिने योजना सुनाइन् । गुठीसम्बन्धी समस्या समाधानका लागि कार्यविधि बनाउनेतर्फ सोचेको उनको भनाइ छ ।

कमैया, हरवाचरवाले लालपुर्जा पाउनुपर्ने उनले बताइन् । उपत्यकाका नेवार समुदायलाई स्वभूमि लालपुर्जा प्रदान गरिने लक्ष्य रहेको उनले सुनाइन् । उनले आफ्नो मन्त्रालयको कामको नतिजा केही समयमा नै देखिने स्पष्ट पारिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *