परराष्ट्र नीति समयानुकुल बनाइने : परराष्ट्रमन्त्री

काठमाडौं ! परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले नेपाल परराष्ट्र नीति संचालनमा असंलग्नताको सिद्धान्तप्रति दृढ रहेको बताउनुभएको छ ।
नीति अनुसन्धान परिषद्ले आज काठमाडौंमा आयोजा गरेको नेपालको परराष्ट्र नीति २०७७ सम्बन्धी सार्वजनिक नीति संवाद कार्यक्रममा उहाँले नेपालको परराष्ट्र नीतिलाई समय सापेक्ष बनाएर प्रकाशन गरी सार्वजनिक गरिने जानकारी दिनुभयो ।
नेपालले लिने परराष्ट्रनीतिकै आधारमा विश्वमा कुटनीतिक सम्बन्ध विस्तार हुनेमा जोड दिनुहुँदै परराष्ट्रमन्त्री पौड्यालले विदेशमा रहेकानेपाली कुटनीतिक नियोगलाई प्रभावकारी बनाइने प्रतिवद्धता पनि जनाउनुभयो ।
कोभिड १९ को महामारीका कारण स्थगित भएको सगरमाथा संवादलाई विश्व संवाद मञ्चको रुपमा विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *