उद्योगमन्त्री भण्डारी गृहजिल्ला बैतडीमा : यस्ता छन् आजका कार्यक्रमहरु

काठमाडौं ! उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडीमा रहेका छन् । उनले आज दिनभर जिल्ला स्थीत विभिन्न क्षेत्रका सरोकारवाला, पाट्र्रीका नेता कार्यकर्ता तथा मतदाता संग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

विहान ११बजे जिल्ला स्थीत कार्यालयकम प्रमुखहरु संग भेटघाट तथा अन्तरकृया कार्यक्रम तय भएको छ । यसैगरी जिल्ला स्थीत उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी, निजामती कर्मचारी संगठन, सञ्चारकर्मीहरु संगको भेटघाट कार्यक्रम तय भएको छ । सबै क्षेत्रका व्यक्तिहरुले मन्त्री भण्डारी समक्ष आफ्ना अपेक्षाहरु पेश गरिरहेकाछन् ।

मन्त्री भण्डारीको आगमनमा आज दिउँसो ४बजे प्रेस चौतारी जिल्ला शाखा बैतडीले पत्रकार सम्मेलनको आयोजना गरेको छ । यस्तै नेकपा एमाले पार्टी कार्यालय बैतडीमा नेता कार्यकर्ता संगको भेटघाट कार्यक्रम रहेको छ ।

मन्त्री भण्डारीले हिजो दशरथचन्द नगरपालिका २ देहिमाण्डौँमा राष्ट्रपती रनिङ्ग सिल्डको समापन कार्यक्रमको सम्बोधन गरेका थिए ।

मन्त्री बनेपछि पहिलो पटक जिल्ला पुुगेका भण्डारीको स्वागतमा हिजो जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम आयोजना गरिएका थिए । कार्यक्रमको सम्बोधनका क्रममा मन्त्री भण्डारीले निर्वाचनका बेला गरिएका बाँचा पुरा गर्ने र उद्योग वाणिज्यको क्षेत्रमा बजेटको कमी हुन नदिने बताए ।

जिल्लाबासीको मतको उच्चकदर गर्दै बैतडी र समग्र सुदूरपश्चिमको विकासका लागि सधै अग्रसर रहन् उनको भनाई छ । यहाँको विकासका लागि बजेटको कमी हुन नदिने उनको भनाई छ ।

मन्त्री भण्डारी सोमबार गृहजिल्लाबाट फर्किने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *