कंचनपुरलाई औधोगिक हब बनाउने उद्योगमन्त्री भण्डारीको प्रतिबद्धता

काठमाडौं ! उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कंचनपुरलाई औद्योगिक हब बनाउने बताउनु भयो। शुक्रबार बिहान बेदकोट नगरपालिका–२ स्थित दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षणका क्रममा उहाँले सो कुरा बताउनु भएको हो।

उक्त क्षेत्रको निरीक्षणपछि बेदकोट उद्योग वाणिज्य संघले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री भण्डारीले दैजी–छेला औद्योगिक क्षेत्र सञ्चालनलाई सरकारले उच्च प्राथमिकतामा राखेको र ढिलोमा दुई साताभित्र भोगाधिकार कायम हुने गरी काम भइरहेको जानकारी दिनुभयो।

‘मैले मन्त्रालय सम्हालेको एक महिनामै औद्योगिक क्षेत्र कार्यान्वयनको चरणमा प्रवेश गरेको छ,’ मन्त्री भण्डारीले भन्नुभयो, ‘यसबारे कार्यदलले एक हप्ताभित्र प्रतिवेदन पेश गर्नेछ। त्यो प्रतिवेदन क्याबिनेटमा पेश गरी भोगाधिकार हस्तान्तरणको निर्णय गराउँछु।’

मन्त्री भण्डारीले भोगाधिकार पाएपछि बाँकी प्रक्रिया अघि बढ्ने बताउनु भयो। त्यसका लागि ५ अर्ब बढी बजेट माग गरिएको बताउनु भयो।

‘कञ्चनपुरलाई औद्योगिक क्षेत्रको हब बनाउछु,’ मन्त्री भण्डारीले भन्नुभयो, ‘सरकार नीजि क्षेत्रको साथमा छ। नीतिगत सुधार गरी लगानी मैत्री वातावरण निर्माण गर्नका लागि मन्त्रालय धमाधम काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *