नेपालको सूचना प्रविधिको साँचो सरकारसँग छैन : संचारमन्त्री शर्मा

काठमाडौं ! सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिको साँचो सरकारसँग नभएकाले राष्ट्रियता बचाउन नसकिने अभिव्यक्ति दिएकी छिन् ।संवेदनशिल ठाउँमा नेपालको सफ्टवेयर रहेको र त्यसका मुख्य सूचनाहरु कहाँ जान्छ, त्यो हाम्रो हातमा छ की छैन भन्ने कुरा खोज्नुपर्ने पनि उनले बताइन् ।

काठमाडौँमा आजदेखि शुरु भएको सूचना प्रविधि मेलामा उनले भनिन्, ‘बुझ्दै जाँदा, समस्या आउँदै गर्दा मैले के बुझेँ भने हाम्रा थुप्रै डेटा सेन्टरहरु छ, हाम्रा प्रविधिमा काम गर्ने क्षेत्र छ, त्यसको सुरक्षाको ‘मेन की’ हामीसँग छैन, त्यो नहुँदा हामी राष्ट्रियता बचाउन कसरी सक्छौँ ?’ उनले मन्त्रालयको संवेदनशील ठाउँमा सफ्टवेयर रहेको र त्यसको मुख्य कुरा कहाँ जान्छ, के हुन्छ हाम्रो हातमा छ की छैन ? भन्ने कुरा खोज्नुपर्ने पनि बताइन् ।

उनले थपिन्, ‘सानासाना कुरामा ध्यान दिँदा करोडौँ राजस्व संकलन हुने र सानासाना कुरामा ध्यान नदिँदा राज्यको अर्बाे सम्पति बाहिर जाने रहेछ, आफू मन्त्री भएर आइसकेपछि केही कुरा गर्न खोन्दा त्यो अनुभव गरेको छु । ‘

Leave a Reply

Your email address will not be published. Required fields are marked *