सेवाप्रवाहमा ढिलाइ या घुस लिएमा कारवाही हुन्छ : मन्त्री मोदी

काठमाडौं ! संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरुले भ्रष्टाचार गर्ने गरेको गुनासो आईरहेकोले त्यस्तो गुनासो आउन नदिन स्वयं कर्मचारीहरु नै संवेदनशील बन्नुपर्ने बताए ।

शनिवार मोरङको कटहरी गाँउपालिकाले आयोजना गरेको स्वागत र सम्मान कार्यक्रममा बोल्दै मन्त्री मोदीले जनताको सेवाप्रवाहमा ढिलाई भए वा सेवाप्रवाह गर्दा आर्थिक लेनदेन गरिए कारवाही गर्ने चेतावनी दिए । उनले सुशासन सरकारको प्रमुख प्रतिबद्धता भएकाले भ्रष्टाचार नगर्न कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् ।

मन्त्री मोदीले चाँडो भन्दा चाँडो संघिय निजामति सेवा ऐनको संशोधन ल्याउन लागेको बताउदै कर्मचारीहरुलाई तत्काल तोकिएको ठाँउमा जान निर्देशन समेत दिएका छन् ।

सो कार्यक्रममा कटहरी गाँउपालिकाका अध्यक्ष देवराज चौधरीले विकास निर्माणका मुद्दामा सबै राजनैतिक दलहरु एक ठाँउमा आउनुपर्ने बताए । उनले कटहरी गाँउपालिकाको तटबन्ध, सडक निर्माण र खानेपानीको समस्या हल गर्न सबैको एकिकृत प्रयास आवश्यर रहेको हुनाले सवैको मद्यतको आवश्यक्ता रहेको बताए ।

मोरङको क्षेत्र नं. ४ बाट निर्वाचित सांसद समेत रहेका मन्त्री मोदीलाई सो कार्यक्रममा टिका, खादा र माला लगाएर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *