अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्छ : शिक्षामन्त्री खनाल

काठमाडौं । शिक्षामन्त्री शिशिर खनालले अबको शिक्षालाई व्यावसायिक बनाएर उत्पादनसँग जोडनुपर्ने बताए ।

पद्ममकन्या विद्याश्रम माध्यमिक विद्यालयद्वारा आफ्नो हिरक महोत्सवका अवसरमा बिहिवार आयोजित कार्यक्रममा मन्त्री खनालले नयाँ शिक्षाले समाजमा उद्यमशीलताको विषयलाई प्राथमिकतामा राख्न सकेमा मुलुकको विकास र समृद्धि कायम गर्न सकिने बताए।

बागमती प्रदेशका सभामुख भुवन पाठकले तत्कालीन समयमा पनि पद्मशम्शेरले छात्राका लागि मात्र शिक्षा प्रदान गर्न अलग्गै विद्यालय खोल्ने कार्य आफैँमा क्रान्तिकारी कदम भएको विचार व्यक्त गरे ।

उनले विद्यालयले उत्पादन गरेका दक्ष जनशक्तिले प्रजातन्त्र स्थापनाका लागि प्रवाह गरेको ज्ञानबाट विसं २००७ को क्रान्तिलाई सफल बनाउन बलियो आधार तयार गरेको उल्लेख गर्दै विद्यालयलाई थप व्यवस्थित बनाउनपर्ने बताए ।

प्रधानाध्यापिका रीता तिवारीले विद्यालयको ऐतिहासिक पक्षलाई जगेर्ना गर्दै समाजको परिवर्तित अवस्थामा समयसापेक्ष विद्यार्थीलाई शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए।

नर्सरीदेखि १२ सम्म अध्यापन गराइने विद्यालयमा करिब आठ सय विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *