रास्वपाले पायो शिक्षा र श्रम मन्त्रालय : शिक्षामा शिशिर खनाल मन्त्री हुने पक्का

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार बसेको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाएको हो । जसअनुसार रास्वपाले तीन मन्त्रालय पाएको छ ।

स्रोतका अनुसार रास्वपाले पहिला उपप्रधान तथा गृह लिइ सकेकोले अब थप शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ। शिक्षा मन्त्रालयमा मन्त्रीका रुपमा काठमाडौं ६ बाट निर्वाचित शिशिर खनाललाई पठाउने निश्चित जस्तै छ भने श्रममा सभापति लामिछानेले पठाउने मन्त्रीबारे परामर्श गरिरहेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *