मन्त्री आलेको पहलमा बायुसेवा निगम र विभिन्न वायुसेवा कम्पनीबीच नयाँ सम्झौता

काठमाडौ । नेपाल वायुसेवा निगमको सिधा उडान नहुने गन्तव्यसम्म पनि अब निगमकै टिकटबाट यात्रुले उडान गर्न पाउने भएका छन् । यसका लागि निगम र विभिन्न वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता भएको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशन र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा सम्झौता भएको हो । अब यूरोपका विभिन्न शहर, अष्टे्रेलियाको सिड्नीदेखि दक्षिण कोरियाको सिओलसम्म यात्रा गर्न सकिने निगमले जनाएको छ । सम्झौतासँगै एक अर्का वायुसेवाका उडान क्षेत्रमा यात्रुले सहजै सेवा लिन सक्ने छन् । यूरोप, अष्टे्रेलियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र बहराइनमा काठमाडौंबाट उडानको टिकट लिन सकिने भएको छ । सकेसम्म कम ट्रान्जिट समय राखेर यस्तो सम्झौता गरिएको निगमले जनाएको छ ।

सम्झौताले थप आय हुने र अन्तर्राष्ट्रिय बजारमा निगमको साख बढ्ने अपेक्षा गरिएको छ । अमेरिकामासमेत सम्झौताबाट उडान विस्तारको तयारी भइरहेको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *