सरकारले गर्‍यो निर्वाचनमा ज्यान गुमाउने बाजुराका परिवारलाई १० लाख दिने निर्णय

काठमाडौँ । सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जिव ऐडी र चेतन अएडीको परिवारलाई १०/१० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय सार्वजनिक गरेको छ । 

स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा गृहमन्त्रालयले प्रस्ताव गरेको थियो त्यसपछि प्रधानमन्त्री र अन्य मन्त्रीद्वारा उक्त प्रस्तावलाई पारित गर्ने  निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मृतकका परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ। सञ्जिव ऐडी र चेतन अएडी सुदुरपश्चिमबासी भएकोले उक्त सहयोगको लागि मन्त्री दामोदर भण्डारीको पनि विशेष भुमिका रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *