बैतडीका गोविन्द बिष्टको स्वास्थ्य अवस्था बुझ्न मन्त्री भण्डारी बीर अस्पतालमा

काठमाडौं ! नेपाल सरकारका मन्त्री दामोदर भण्डारीले मुटु तथा फोक्सोका बिरामी गोविन्द बिष्टलाई भेटेका छन् । १९ दिनदेखि बीर अबस्पतालमा उपचार गरीरहनु भएका पाटन नगरपालिका ९ बजौटेका बिष्टको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न मन्त्री भण्डारी बीर अस्पताल पुगेका हुन् ।
स्वास्थ्य अवस्थाबारे जानकारी लिएका मन्त्री भण्डारीले स्वास्थ्य उपचारमा कुनै कसर बाकी नराख्न बीर अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् ।
चालक समेत रहेका बिष्टको फोक्सो तथा मुटुमा रगत जमेको हुनाले उपचारमा अझै ३ महिनासम्म लाग्ने चिकित्सकहरुले बताएका छन् ।
बिष्टको उपचारका लागि ३ लाखभन्दा बढी खर्च भइसकेको र अझैपनि खर्चको आकार बढ्ने भएकाले आर्थिक सहयोगका लागि आफन्तले अपिल समेत गरका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *