काठमाडौं । निर्मला पन्तको हत्या प्रकरणबारे अनुसन्धान गर्न नयाँ समिति गठन गरिएको छ । शुक्रबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने निर्देशनमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति गठन गरेको हो जानकारी दिए। गठन भएको समितिले निर्मला प्रकरणबारे नयाँ ढंगले अनुसन्धान गर्ने छन् ।
२०७५ साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपश्चात् हत्या गरिएको शव फेला परेको थियो । बलात्कारपछि हत्या भएको यतिका वर्ष बितिसक्दा पनि हत्यारा फेला पार्न प्रहरीले सकेको छैन ।
यद्यपि, पूरानो भइसकेको केसलाई ब्युँताउँदै गृहमन्त्री लामिछानेले जसरी भए पनि उक्त घटनाको द्वोषी पत्ता लगाउने भनेका छन् । त्यसो त गृहमन्त्रीको कमाण्ड सम्हाल्दै आफ्नो पहिलो निर्णय निर्मला पन्तलाई न्याय दिने भन्दै मन्त्री लामिछानेले निर्णयमा हस्ताक्षर गरेका छन् ।