अर्थमन्त्रीले बोलाएपछि विराटनगरका व्यवसायीहरु काठमाडौँ आउँदै

काठमाडौं ! नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई छलफलमा बोलाएपछि विराटनगरका उद्योगी व्यवसायीहरु आज साँझ काठमाडौँ आइपुग्दै छन् ।

ब्याजदरको वृद्धि र चालूपूँजी कर्जा मागदर्शनको विरोधमा आन्दोलन गरिरहेका उद्योगी व्यवसायीहरुलाई अर्थमन्त्री पौडेलले वार्तामा बोलाएपछि उद्योगी व्यवसायीहरु वार्ता समिति नै बनाएर काठमाडौँ आउन लागेका हुन् ।

मन्त्रीले वार्तामा बोलाएपछि आन्दोलनको नेतृत्व गरिरहेका मोरङका व्यावसायिक संगठनले आन्दोलनलाई स्थगित गरेका छन्। मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश नम्बर १ समितिले आन्दोलन रोकेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *