नेपाली दूतावास अबुधावीमा नेपाली अग्रजहरु सग श्रममन्त्री श्रेष्ठको अन्तरक्रिया : श्रमिकका समस्याको समाधानका लागि आफुले काम गर्ने प्रतिबद्धता

काठमाडौं ! श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ(किसान) ले नेपाली दुताबास अवुधाबीमा विभिन्न सस्थाका प्रतिनिधिहरु सग छलफल र अन्तरक्रिया गर्नुभएको छ।

नेपाली दुतावास अबुधावीमा आयोजित उक्त कार्यक्रममा नेपाली राजदुतका साथै एनआरएनका प्रतिनिधि,विभिन्न सस्थाहरुका अगुवा प्रतिनिधि,पत्रकार र लामो समयबाट नेपालीहरुको पिडामा सहयोग पुर्याइरहेका अगुवाहरुसग अन्तरक्रियाको आयोजना भएको हो।उक्त अवसरमा नेपाली श्रमिकहरुले युएइमा भोग्नुपरेका विध्यमान समस्याहरु,चुनौतिहरु र सरकारले गर्नुपर्ने कामहरुलाई मन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो।

प्रतिनिधिहरुका समस्याहरु सुनेपछि आफ्नो धारणा राख्दै मन्त्री श्रेष्ठले आफुले मन्त्रीमा रहुन्जेल नेपाली श्रमिकको हितमा काम गर्ने बताउनुभयो।उहाँले नेपाली श्रमिकको हक हितका लागि मैले अबुधावी डाइलगमा पनि कुरा उठाएको छु र यहाँका मन्त्रीज्यू सगपनि,आशा छ अब छिट्टै यसको समाधान हुनेछ।आफुले श्रमिकका समस्याहरुको यथोचित समाधान र सम्बोधन गर्ने मन्त्री श्रेस्ठको भनाइ थियो।                                                               

Leave a Reply

Your email address will not be published. Required fields are marked *