अबुधावीमा श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधनमन्त्री बीच भेटवार्ता : नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा सकारात्मक छलफल

काठमाडौं ! संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ । भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गर्नुभएको छ ।

सो क्रममा नेपाल– युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भएको श्रममन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबीच आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय बैठकमा सहभागि नेपाली टोलीले आबुधाबीमा अन्य कुटनीतिक भेटघाट समेत गरेको छ ।श्रममन्त्री श्रेष्ठको यो भ्रमणले आगामी दिनमा नेपाली श्रमिकहरुले विगतमा झै झेल्नुपरेका समस्याहरुको न्यूनीकरण हुने बिश्वास लिइएको छ। उक्त सम्मेलन सकेर मन्त्री श्रेष्ठ शनिबार स्वदेश फर्किदै हुनुहुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *