बंगलादेशमा यही वर्ष विद्युत् निर्यात गर्छौं : ऊर्जामन्त्री भुसाल

काठमाडौं ! ऊर्जामन्त्री पम्फादेवी भुसालले नेपाल सरकारले बंगलादेशमा विद्युत् निर्यातका लागि तयारी गरिरहेको बताएकी छन् । शनिबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यसै वर्ष बंगलादेशमा विद्युत् निर्यात गरिने बताएकी हुन् । हाल नेपालले भारतमा बिजुली बिक्री गर्दै आएको छ ।

“हामीले अहिलेसम्म भारतमा मात्रै विद्युत् निर्यात गरेका छौँ । अब बंगलादेश पनि निर्यात हुँदै छ,” मन्त्री भुसालले भनिन्, “जलविद्युत् उत्पादनमा साझेदारी गर्न सहमति भएको र यसै वर्षदेखि ५० मेगावाट विद्युत् बंगलादेश जान्छ ।”

ऊर्जालाई उत्पादनको माध्यम बनाउन लागिएको र गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्कजस्तै रहेको जानकारी दिइन् । उनले घरायसी प्रयोजनका लागि मूल्य घटाइएको र कृषि र सिँचाइमा ७५ प्रतिशत महसुल घटाइएको जानकारी दिइन् ।

फरक प्रसंगमा उनले गठबन्धनको सिटको विषय आज बेलुकासम्म टुंग्याइने बताइन् । शुक्रबार टुंगिने भनिएको गठबन्धनको सिट बाँडफाँट प्राविधिक हिसाबले समस्या भएको उल्लेख उनले भनिन्, “गठबन्धनका नेताहरू बाहिर भएका कारण शुक्रबार हुन सकेन, आज साँझ टुंगिन्छ ।” रासस

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *