कार्यकारी निर्देशक बन्न दौडधुप : श्रममन्त्रीद्वारा चुनावी खर्चको माग

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक बन्न सिफारिस गरिएका व्यक्तिसँग पार्टीलाई सहयोग गर्नुपर्ने र चुनावी खर्चको व्यवस्थापन गर्नुपर्ने भन्दै रकमको जोहो गर्न आग्रह गरेको पाइएको छ ।

मन्त्रीले त्यस्तो आग्रह गरेपछि नियुक्तिका लागि सिफारिसमा परेका व्यक्ति बिलखबन्दमा परेका छन् । यद्यपी, सिफारिसमा परेकाहरूले नियुक्ति खानका लागि राजनीतिक भेटघाटलाई अघि बढाउँदै आइरहेका छन् ।

कुँवर नेकपा एकीकृत समाजवादीका तर्फबाट श्रममन्त्रीका रूपमा कार्यरत छन् ।

मन्त्री कुँवरले वैदेशिक रोजगार बोर्ड तथा अन्य विभिन्न कोषबाट समेत मिलाएर चुनावी खर्चको व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई बोर्डको कार्यकारी निर्देशक बनाउने गरी गृहकार्य अघि बढाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *