अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा.शालिकराम पोखरेल

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा.शालिकराम पोखरेल नियुक्त भएका छन्। डा. पोखरेल नेपाल राष्ट्र बैंकको उपनिर्देशक हुन भने अर्थमन्त्रीको विज्ञ सल्लाहकारको रुपमा काम गर्न उनलाई काजमा मन्त्रालय तानिएको मन्त्रालय स्रोतले जनाएको छ।

बैंक तथा वित्तीय क्षेत्रको विज्ञ सल्लाहकारको रुपमा पोखरेल बुधबारदेखि मन्त्रालयमा खटिएका छन्। उनले तलबभत्ता भने नेपाल राष्ट्र बैंकबाटै पाउने छन्। यसअघि मन्त्रालयले पोखरेललाई काजमा मन्त्रालय पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *