सहकारी मन्त्री नै सहकारी पीडित

काठमाडौँ। पछिल्लो समय सहकारीबाट हुने ठगीका घटनाक्रम निरन्तर बाहिरिरहेका छन् । खासगरी चर्को ब्याजदर र सहकारीको गैरकानुनी लगानीका कारण सर्वसाधारण मर्कामा परिरहेका छन् । तर, सहकारीबाट पीडित हुने जमात झन् फराकिलो बन्दै गएको छ ।

यस्तो सूचीमा उच्च पदस्थ पनि थपिएका छन् । अझ मन्त्री नै सहकारीबाट पीडित भएको खबर बाहिरिएको छ, त्यो पनि सहकारीकै नियमन गर्ने मन्त्रालयको नेतृत्व गर्ने मन्त्री ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले मङ्गलबार राजधानीमा आयोजित एक कार्यक्रममा आफूसमेत सहकारीबाट पीडित भएको सार्वजनिक गर्नुभएको हो ।

सहकारीबाट उच्च ब्याजदरको समस्या आफूले पनि भोगेको उहाँको अनुभव थियो । सहकारी साहुकारी बन्दा धेरै व्यक्ति समस्यामा परेको उहाँको भनाइ थियो । मन्त्रीले यस्तो अनुभव सुनाइरहँदा कार्यक्रममा उपस्थित सहकारी सञ्चालक तथा अभियन्ता नै दिक्क भएका थिए ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ ९नेफ्स्कून०को स्थापना दिवसमा प्रमुख अतिथिका रूपमा उपस्थित मन्त्रीले सहकारीका अभियन्ता र नेताहरूले सहकारीको सुधारका लागि काम गर्न नसकेको बताउनुभयो ।

सहकारी सिद्धान्तअनुसार सञ्चालन नभएको, सङ्घहरूले काम गर्न नसकेको भन्दै सरकारलाई मात्र दोष दिएर पछिन्न नमिल्ने उहाँको भनाइ थियो ।

सहकारी सामाजिक कार्य, सामूहिक भावनामा सरिक नभएर साहुकारी भएको आरोप लगाउँदै उहाँले आफू नै सहकारीमा २३ प्रतिशत ब्याज तिर्न बाध्य भएको बताउनुभयो । “म आफैँ सहकारीमा २३ प्रतिशत ब्याज तिर्न बाध्य भएको छु, ऋण लिएर गर्जो टार्न खोज्दा चर्को ब्याजमा परियो । म बचत तथा ऋण सहकारीबाट पीडित हुँ ।”

धितो राख्न सहज भए पनि चर्को ब्याजका कारण सहकारीबाट सदस्यको जीवनस्तर उकासिन नसकेको भन्दै उहाँले सहकारीले बढी ऋण लिएर सदस्यको शोषण गरेको देखेको भोगेको बताउनुभयो ।

नियामक निकायको भूमिका कमजोर बनाइएको भन्दै मन्त्री श्रेष्ठले अभियान र राज्य मिलेर सहकारीको शुद्धीकरणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

याे खबर गाेरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *