परराष्ट्रमन्त्री खड्का आज चीन भ्रमणमा जाँदै

काठमाडौं ! परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का आज चीन भ्रमणमा जाने भएका छन्।  चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेका हुन्। परराष्ट्र मन्त्रालयका अनुसार खड्काको २६ गतेसम्म चीनमा रहनेछन्।  उनले साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गर्नेछन्। त्यस्तै परराष्ट्रमन्त्री खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजनासमेत गर्नेछन्।

देउवा सरकार अदालतको परमादेशबाट गठबन्धन भएको एक बर्षपछि मन्त्रीको यस् किसिमको भ्रमण भैरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *