स्वास्थ्यमन्त्री भवानी खापुङ अस्पतालबाट डिस्चार्ज

काठमाडौं । स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक्कासी स्वास्थ्यमा समस्या आएपछि उनी शनिबर विर अस्पताल भर्ना भएक थिए । मन्त्री खापुङ शनिबार साँझ नै डिस्चार्ज भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्रीका प्रेस सल्लाहकार मनोज लिम्बूको अनुसार वान्ता र चक्कस लागेपछि मन्त्री खापुङ विर अस्पतालको इमर्जेन्सी कक्षमा भर्ना भएका थिए । अहिले उनको स्वास्थ्य सामान्य रहेको लिम्बूले बताए ।

मन्त्री खापुङमा मधुमेहको समस्या भएको बताइएको छ । दिउँसो परीक्षणका लागि पठाइएको रिपोर्टहरु पनि सामान्य आएको अस्पताल स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *