जनार्दन शर्मा प्रकरण : छानबिन समितिको म्याद ७ दिन थपियो

काठमाडौं । करका दायराहरु अस्वभाविक रुपमा हेरफेर गरेको आरोप लागेका पुर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो ।

पहिलो पटक गठित उक्त समितिको म्याद आज सकिदैथियो। समितिले विभिन्न चरणमा मन्त्रालयका सचिव लगायत कर्मचारीहरु सँग सोधपुछ गरेपनि सो बारे उनिहरुको धारणा बाझिएपछि निचोड निस्किएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *